कम तौलको सिमेन्ट बेच्ने पलसमा सरकारको शिलबन्दी



काठमाडौ । सरकारी अनुगमन टोलीले तोकिएको भन्दा कम तौल भएको सिमेन्ट बेच्ने पसलमा शिलबन्दी गरेको छ ।

अनुगमन टोलीले काठमाडौं ढुंगेधारमा रहेको संस्कार टे«डिङ पसलमा शिलबन्दी गरेको हो ।

नापतौल तथा गुणस्तर विभाग क्षेक्रियकार्यालय प्रमुख शशी भुषण यादवले एक सय ७ बोरा विभिन्न ब्रान्डका सिमेन्टसहित पसलका शिलबन्दी गरेको जानकारी दिनु भयो ।

पसलले बिक्री गर्दै आएका विभिन्न ब्राण्डका सिमेन्टमा ४ किलोदेखि ८ किलोसम्म घटी फेला पारेपछि शिलबन्दी गरेको यादवले जानकारी दिए ।

अनुगमनमा नापतौल तथा गुणस्तर विभाग, क्षेत्रिय कार्यालय, उपभोत्तला संरक्षण विभाग र आपूर्ति संरक्षण विभागको सहभागी थियो ।


पुष्प दुलाल