बुद्ध एयरले पोखरादेखि भरतपुरसम्म सिधा उडान सुरु गर्ने



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने भएको छ ।

बुद्धले आगामी भदौ ३० देखि पोखरा र भरतपुर दैनिक एक उडान गर्ने भएको हो ।

बुद्ध एयरका सिनियर म्यानेजर रुपेश जोशीले पहिलो चरणमा दैनिक एक फ्लाइट पोखरा देखि भरतपुरसम्म गर्ने जानकारी दिए ।

‘१८ सिटे जहाजबाट पोखरादेखि भरतपुर र भरतपुर देखि पोखरासम्म दैनिक एक उडान हुन्छ,’ जोशीले क्लिकमाण्डूसँग भने,‘उडान सुरु भएपछि आउने रेसपोन्सको आधारमा सिट संख्या र उडान संख्या बढ्छ।’

१० वर्ष अगाडि साग्रिला एयरले पोखरा देखि भरतपुर उडान गरेको थियो । अहिले साग्रिलाको अस्थित्व छैन । चाटर्ड फ्लाइट भने औसतमा हप्ताको एउटा पोखरादेखि भरतपुर हुने गरेको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड अत्याधिक खराब भएपछि चितवन जाने पर्यटकको संख्या कमी आएको छ । पोखरा र चितवनको प्याकेज टुरपनि हुन छाडेको छ ।

बाटो खराब भएको हुँदा जहजमा अकुपेन्सी राम्रो हुने देखिन्छ । अहिले काठमाडौं देखि भरतपुरसम्मको उडानमा अत्याधिक टिकटको माग रहेको छ ।


क्लिकमान्डु