नेपाली जुत्ता घरको समर सेल शुरु, आकर्षक अफरसहित जुत्ता बिक्री



काठमाडौं । नेपाली जुत्ता घर प्रा।लिले २०७४ समर सेल मेला शुरु गरेको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारी सहयोग नहुँदा उद्योग व्यवसाय फस्टाउन नसकेको बताए ।

उनले नेपालमा बेरोजगारीको समस्या हल गर्न युवा वर्गलाई तालिम उपलब्ध गराउन आइएलओसँग संझौता गरेको जानकारी दिए ।

नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईँले नेपाली कम्पनीहरु जुत्ता चप्पल विदेशमा निर्यात गर्न सक्षम भएपनि राज्यको नीति व्यवसाय मैत्री नभएको बताए ।

‘हामी प्रतिस्पर्धी छौं, तर, सरकारको नीति सहज छैन, अहिले त विदेशी आयातीत उत्पादनले गर्दा बजार पनि छैन्,’ उनले भने ।

सेल मेलाको अवधिभर नेपाली जुत्ता घरको सम्पुर्ण शाखाहरु कुमारिपाटी, बागबजार अद्वैतमार्ग, चक्रपथ, बालाजु बुद्धमल लगायतमा भारी छुट उपलब्ध गराईने र साथमा विभिन्न आकर्षक अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सेल मेला एकमहिना सम्म सञ्चालन हुने छ ।

समर सेल मेला उदघाटनको अवसर पारेर आ.ब. ०७३/०७४ को बम्पर उपहार योजनामा ल्यापटप तथा आइफोन सेभेन जित्ने ग्राहकहरुको नाम पनि सर्बजनिक गरिएको थियो ।


क्लिकमान्डु