काठमाडौंमा यसैवर्ष ‘आर्क ब्रिज’मा गाडी कुदाउन पाइने



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बाग्मती नदी र बिजुली बजारको धोबी खोलामा यसै वर्ष ‘नेटवर्क आर्क ब्रिज’ बन्ने भएको छ । निर्माणधीन ४ वटा ब्रिजमध्ये एउटा यसै आर्थिक वर्ष निर्माण सम्मन्न हुने भएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजय लाल श्रेष्ठले चालु आर्थिक बर्षको अन्यसम्ममा धोबी खोलाको दक्षिणतर्फको आर्क ब्रिजमा निर्माण सम्पन्न हुने जानकारी दिए ।

धोबी खोलाको दक्षिणतर्फ सबस्ट्रक्चर निर्माण गरि सकिएको छ, चालु आर्थिक बर्षभित्रमा सुपर स्ट्रक्चर निर्माण सम्पन्न भएसँगै आर्क ब्रिजबाट गाडि चल्ने छन्’ प्रवक्ता श्रेष्ठले क्लिमाण्डूसँग भने ।

धोबी खोलाको २ वटा नेटवर्क आर्क ब्रिज जेई कन्स्र्टक्सनले १३ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको छ । ५० मिटर लामो पुलका लागि आयोजनाबाट कन्स्र्टक्सबाट ५ करोड ६१ लाख रुपैयाँ पाइसकेको छ ।

चालु आर्थिक बर्षभित्रमा २ वटै पुल निर्माण गर्नेगरि काम गरिरहेको जेई कन्स्र्टक्सनका निर्देशक उद्धव भट्टराई बताउँछन् ।

‘हाम्रो लक्ष्य भनेको यसै बर्ष २ वटै पुल निर्माण गर्ने हो, तर खोलमा राखिएको खानेपानीको पाइप समयमा नहटाइदा लक्ष्य अनुरुपको काम गर्न सकिएको छैन्,’ भट्टराईले भने ।

भट्टराईका अनुसार चालु आर्थिक बर्षको अन्त्यसम्म एउटा पुलको सुपर स्ट्रक्चर निर्माण भएसँगै पुलबाट गाडी आवतजावत गर्न सक्नेछन् । अर्कोतर्फ पनि सबस्ट्रक्चर निर्माण सम्पन्न भइसक्नेछ ।

तीन कुने स्थित बाग्मती पुलमा २१ करोड रुपैयाँको लागतमा पप्पु कन्स्र्टक्सनले २ वटा नेटवर्क आर्क ब्रिज निर्माण गरिरहेको छ । ८५ मिटर लामो पुलकालाई आयोजनले कन्स्र्टक्सनलाई ५ करोड ७७ लाख रुपैयाँ दिइसकेको छ ।

पप्पु कन्स्र्टक्सनका इन्जिनियर देवेन्द्र सिंहले चालु आर्थिक बर्षभित्रमा २ वटै पुलको सवस्ट्रक्चर निर्माण गरिसक्ने जानकारी दिए ।

‘पुल बनाउने स्थानमा पाइलकाट (जग) हाल्ने काम भइरहेको छ, ३२ मध्ये २१ वटा पाइलकाट हालिसकिएको छ,’ सिंहले भने ।

माइतिघर तिनकुने खण्डमा सडक ८ लेनको छ । तर पुल पुल २ लेनको मात्र छ । नेटवर्क आर्क ब्रिजमा प्रयोग गरिने आकर्षक डिजाइनका कारण पुलले काठमाडौंको सुन्दरता बढने छ । साथै पुलको निर्माण भएसँगै सो क्षेत्रमा हुने ट्राफिक जाम न्युनिकरणमा महत्वपुर्ण हुने प्रवक्ता श्रेष्ठले अपेक्षा गरेका छन् ।

कस्तो हुन्छ पुल ?

बिजुली बजारको पुल ५० मिटर र तीकुनेको ८५ मिटर लामो हुनेछ । दुबै पुलको चौडाइ १४ मिटरको हुन्छ । पुलको आर्क १० मिटर लामो हुनेछ । पुलको दायाँ बायाँ १र१ मिटर फुटपाथ रहनेछ । आर्कमा स्टिलको डण्डी राखिनेछ ।


पुष्प दुलाल