राहदानीबाट एक करोड ८१ लाख राजश्व



लमजुङ । आर्थिक वर्ष २०७३/७४ मा राहदानीबाट एक करोड ८१ लख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन् । जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन् ।

गत आवमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट १८ लाख ७० हजार रुपैयाँ तथा वैशाखमा सबैभन्दा कम नौ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।


क्लिकमान्डु