अर्को निर्णय नभएसम्म चुडामणि विरुद्ध मुद्दा नचलाउन सर्बोच्चको आदेश



काठमाडौं । सर्बोच्च अदालतले अर्बै रकम कर छुट दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा विरुद्ध तत्काल मुद्दा प्रक्रिया अगाडि नबढाउन विशेष अदालतको नाममा आदेश जारी गरेको छ ।

अख्तियारको हिरासतमा रहेका शर्मालाई गैर कानूनी तरिकाले थुनिएको भन्दै उनकी श्रीमती कल्पना शर्मा पौडेलले सर्बोच्चमा मुद्दा दायर गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै सर्बोच्चले यो मुद्दालाई पूर्ण इजलाशमा लैजाने निर्णय गरेको छ ।

कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएको यसको संवैधानिक प्रश्न उठेको हुँदा सर्बोच्चका न्यायधीशद्धय चोलेन्द्र शमशेर राण र प्रकाशमानसिंह राउतको इजलाशले विशेष अदालतलाई मुद्दाको सुनुवाई प्रक्रिया अगाडि नबढाउन आदेश दिएका हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाल विरुद्ध १० अर्ब ९६ करोड बिगो माग राख्दै मुद्दा दायर गरेको छ । सर्बोच्चले बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग राख्दै मुद्दा दायर गरेको हो ।


क्लिकमान्डु