मुक्तिनाथले गर्यो ५० करोड नाफा, एनपीएल ०.०२ प्रतिशत मात्र



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४९ करोड ६३ लाख खुदनाफा आर्जन गरेको वित्तीय बिबरण प्रकाशित गरेको छ ।

बैंकले आर्थिक बर्ष २०७३/०७४मा ३८ प्रतिशतले आफ्नो नाफा बढाएको हो । सथै बैंकले यस आबमा १६ अर्ब ७७ करोड निक्षेप संकलन गरेको छ भने कुल कर्जा प्रबाह १५ अर्ब ३१ करोड गरेको बित्तीय बिबरणमा उल्लेख गरेको छ ।

प्रतिशेयर आम्दानी ३२ रुपैयाँ भन्दा बढी रहेको बैंकको खराब कर्जा अत्यन्त नगन्य ०.०२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु