स्वरोजगार लघुवित्तद्वारा २१ जना कर्मचारी माग, एसएलसीदेखि स्नातकसम्मलाई अवसर




काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले २१ जना कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक अधिकृत, बरिष्ठ केन्द्र प्रवन्धक र केन्द्र प्रवन्धकका लागि २१ जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले सहायक अधिकृतका लागि ३ जना माग गरेको छ । स्नातक उत्तिर्ण र लघुवित्त क्षेत्रमा ५ वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बरिष्ठ केन्द्र प्रवन्धकमा ४ जनाका लागि लघुवित्तले आवेदन माग गरेको छ । एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण र लघुवित्त क्षेत्रमा ५ वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले केन्द्र प्रवन्धकमा १४ जना कर्मचारी माग गरेको छ । एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण र लघुवित्त क्षेत्रमा ५ वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, पर्सा, बारा, रौतहट र भविष्यमा विस्तार हुने जिल्लाका लागि कर्मचारी माग गरिएको लघुवित्तले जनाएको छ ।

आवेदकले साउन २० गतेभित्रमा पोष्ट बक्स नम्बर ५१९ बाट लघुवित्तको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा प्राप्त हुने गरी आवेदन दिनु पर्ने लघुवित्तले जनाएको छ ।


पुष्प दुलाल