एनआईसी एसिया बैंकको नाफा १ अर्ब ४७ करोड, प्रतिसेयर आम्दानी २२ रुपैयाँ



काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक बर्ष २०७३/०७४ को अपरिस्कृत वित्तीय बिबरण सार्बजनिक गरेको छ । बैकले गत आबमा १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको बैंकको खराब कर्जा ०.३६ प्रतिशत रहेको छ । बैंकले ८६ अर्ब ६७ करोड निक्षेप संकलन गरेको छ भने, ७१ अर्ब ५८ करोड कर्जा परिचालन गरेको जनाएको छ ।

बैंकले चुक्तापुँजी ६ अर्ब ६९ करोड पुर्याएको छ भने, गत आबमा १७ नयाँ शाखा बिस्तार गरेको छ ।


क्लिकमान्डु