३ बर्षमा सवारी साधनको आयात दोव्वर, अघिल्लो बर्ष भन्दा २० अर्ब बढिको आयात



काठमाडौं । भारतबाट सवारी साधन र स्पेयर्स पार्ट्स आयात तीन वर्षमा दोव्वर भएको छ । आर्थिक वर्ष २०७१/७२ को को ११ महिनामा ३८ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको आयात भएको थियो ।

आव २०७३/७४ मा सवारी साधन र स्पेयर्स पार्ट्सका सामान भारतबाट मात्रै ७३ अर्ब २४ करोड १० लाख रुपैयाँको आयात भएको छ । यातायात व्यवस्था विभागमा हालसम्म २६ लाख सवारी साधन दर्ता भएको छ ।

सवारी साधन स्पेयर्स पार्ट्स आयात

आव  रकम प्रतिशत
२०७३/७४ ७३,२४,१०,००,००० ३७.६
२०७२/७३ ५३,२३,०७,००,००० ३६.७
२०७१/७२ ३८,९५,३९,००,०००

आव २०७२/७३ को सोही अवधिको भन्दा ३७.६ प्रतिशतले बढी हो । आव २०७२/७३ मा भारतबाट सवारी साधन र स्पेयर्स पार्ट्स गरी ५३ अर्ब २३ करोड ७ लाख रुपैयाँको आयात भएको थियो ।

जुन गतवर्ष भन्दा २० अर्ब रुपैयाँ बढीको सवारी साधन आयात भएको हो ।


क्लिकमान्डु