विदेशी मुद्रा सञ्चिति १० खर्ब ७० अर्ब पुग्यो




काठमाडौं । नेपालको ढुकुटीमा कुल विदेशी विनिमय सञ्चिति गत वर्ष भन्दा ३ प्रतिशतले बढेको छ । गत वर्ष २०७३ असार मसान्तको मा १० खर्ब ३९ अर्ब २१ करोड रहेको थियो । आव २०७३/७४ को ११ महिनामा ३ प्रतिशतले वृद्धि भई १० खर्ब ७० अर्ब २६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्त सम्मको ८ खर्ब ८७ अर्ब १ करोडको तुलनामा २०७४ जेठ मसान्तमा ३.२ बृद्धि भई ९ खर्ब १५ अर्ब १२ करोड रहेको पुगेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १ खर्ब ५२ अर्ब २० करोड रहेको छ ।

जुन गतवर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भई १ खर्ब ५५ अर्ब १३ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.६ प्रतिशत रहेको छ । यो सञ्चितिले १३.३ तिन महिनाको बस्तु आयात र ११.५ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्ने छ ।


क्लिकमान्डु