नेप्से स्थिर, एक अर्बको हाराहारीमा कारोबार




नयाँ आर्थिक बर्षको शुरुवातसँगै तिब्र गतिमा बढेको नेप्से केही स्थिर देखिएको छ । हिजो १.४१ अंकले घटेको नेप्से आज पनि १.५२ अंकले झरेर १६३५.७५ अंकमा अडेको छ ।

बिहिबार १५५ कम्पनीको १७ लाख ७५ हजार ९ सय ८९ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ७ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार ४ वटा उपसमूहहरु बढेका छन् भने बाँकी ४ वटा घटेका छन् । बित्त १.२८, बीमा ७७.४, उत्पादन १३.४७ र अन्य ०.५८ अंकले बढेका छन् । यसैगरी बैंकिङ ५.४४, होटल १६.४४, बिकास बैंक ३.८९ र जलबिद्युत ११.३१ अंकले घटेका छन् ।

नेपाल लाइफको सबैभन्दा बढि ६ करोड १४ लाख रुपैंयाँको कारोबार भएको छ । र, नेको इन्स्योरेन्सको दोस्रोमा ५ करोड ५३ लाख रुपैंयाँको कारोबार भएको छ ।

हाम्रो बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि ८.२३ प्रतिशतले कमाएका छन् भने सिनर्जी पावरका लगानीकर्ताले ६.६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल