सुर्खेतमा ५ सय उद्योग दर्ता, कर्मचारी नहुँदा सेवा दिन कठिन



सुर्खेत । आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ५३० वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार ती उद्योग दर्ताबाट १ करोड १ लाख १९ हजार राजश्व संकलन भएको छ । उद्यमीलाई कर छुट र औजार उपलब्ध गराएको उनले बताए ।

कार्यालयमा आवश्यक जनशक्ति नभएका कारण काम गर्न समस्या भएको न्यौपानेको भनाइ छ । आठ महिनादेखि पाँचजना अधिकृतको दरबन्दी रहेकामा तीन जनाले मात्रै काम गरिरहेका छन् ।


क्लिकमान्डु