नबिल बैंकद्वारा वितिय साक्षरता कार्यक्रम सञ्चालन




काठमाडौं । नबिल बैंकले ३३ औं वार्षिकोत्सवमा लम्जुङको बेसिशहर आर्थिक साक्षरता सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।

बैंकले बेसिशहरमा सडक नाटक तथा स्थानिय तहमा सफल भएका साना व्यवसायीहरुका बिच अन्तरक्रिया गरि आर्थिक साक्षरता सम्बन्धी जानकारी दिएको हो ।

सो कार्यक्रम फिनलिट नेपालसँगको सहकार्यमा गरिएको बैंकले जनाएको छ । कार्यक्रमको संयोजन बेशिहर शाखाका शाखा प्रवन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले गरेका हुन् ।

विभिन्न सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मि, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरुको सहभागितामा वित्तिय साक्षरता कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले गरेका हुन् । सो र्याली मनाङ चौताराबाट सेरा चोकहुँदै नबिल बैंकसम्म पुगेको थियो ।

कार्यक्रममा नोट वा सिक्कालाई कसरी सफा राख्ने, बैंकिङ कारोबार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा पैसा जम्मा गदाका फाइदाहरु के के हुन । अनावश्यक रकम खर्चगर्ने बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्नेलगायतका विषयमा सन्देश प्रवाह गर्ने खालका मनोरञ्जनात्मक सडक नाटक गरिएको थियो ।


पुष्प दुलाल