मोवाइलबाटै यसरी लिनुहोस् प्राथमिक उपचारसम्बन्धी जानकारी



काठमाडौं । सामान्य स्वास्थ्य उपचारसम्बन्धी जानकारी लिन अब स्वास्थ्यचौकी र डाक्टरकहाँ गइरहनु पर्नेछैन । आफ्नो हातमा भएको मोवाइलले नै प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी जानकारी दिनेछ ।

तर, त्यसका लागि तपाईंले prathamikupacharnepal red cross नामक एप्स डाउनलोड गरे पुग्छ ।

नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन सर्वजनिक गरेको हो । उक्त एप्लिकेशनको उदघाटन हास्यकलाकार एवं कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले एप सार्वजनिक गरे ।

‘घर–घरमा प्राथमिक उपचारक’ भन्ने अभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर-घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो ।

यसरी सिक्नुहोसः एलर्जी, एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्टे«स, तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु, हाइपोथर्मिया, विषतथाहानिकारक पर्दाथ, कम्पन, छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिकउपचार, डसेको टोकेको घाउ, मर्कनु,खुस्कनु, मस्तिष्सघात,स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ ।

तयारी गर्नेः विपद्को बेला आकस्मिकतयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिन बाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी/तुफान, पहिरो, विधुतीय अबरोध, घरपालु वा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ ।

तत्काल आपत्तकालिन प्राथमिक उपचारः एलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ ।

परीक्षाहरूः जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धीविषयमा स्वयम मूल्याङ्कन गरिने विषयहरू रहेको छ ।

अधिकः विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दादिन, प्राथमिक उपचार प्रशिक्षणबारे, रक्तदानबारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवाबारेमा, एप्लिकेशनलाई आदान प्रदान गर्ने र नेपाल रेडक्रसको वेभसाइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ ।

यो एप्लिकेशन डाउनलोड् गर्न तपाईसँग एन्ड्रोइड मोवाइल डिभाइस छ भने प्लेस्टोर र आइओएस मोवाइल वा डिभाईस छ भने एप्पल स्टोरमा गएर prathamikupacharnepal red cross टाईप गरी डाउनलोड गर्न सकिन्छ ।


पुष्प दुलाल