मान्छेहरु किन फेसबुक चलाउँछन् ?



काठमाडौं । सामाजिका सञ्जाल मानिसको दैनिकीको एक पाटोको रुपमा विकसित भएको छ । गाँस, बास र कपास जतिकै सामाजिक संजालले मानिसको जीवनको महत्वपूर्ण अंग भइसकेको छ ।

मानिसले फरक उद्देश्य राखेर सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । एक अनुसन्धानका अनुसार फेसबुक प्रयोगकर्ता ४ प्रकारका हुन्छन् ।

रिलेशनसिप विल्डर

रिलेशनसिप विल्डर समूहका मानिसहरु भर्चुअल संसार र आफ्ना नातागोतासँग सामाजिक संजालबाट नजिकको सम्बन्ध स्थापना गर्न चाहन्छन् । यस समूहका मानिसहरु पोस्ट, कमेन्ट, लाईकलगायत फेसबुकका अतिरिक्त फिर्चसको प्रयोग गर्ने गर्छन् ।

यस अध्ययनका मुख्य रिसर्चस रोबिनसनका अनुसार मानिस आफ्नो असली जीवनको थप हिस्ताको रुपमा प्रयोग गर्ने छन् । उनले थपे यस समूहका मानिसहरु फेसबुकलाई आफ्नो परिवार प्रतिको माया व्यक्त गर्ने माध्यमको रुपमा प्रयोग गर्छन् ।

टाउन क्रायर्स

यस समूहका मानिसहरुको भर्चुवल जिन्दगी नै बाहिरी जिन्दगीमा हो । उनीहरु आफ्ना हरेका गतिविधिका बारेमा भर्चुअल दुनियाँमार्फत अरुलाई जानकारी दिइरहेका हुन्छन् । यस समूहका मानिसे कथा, कार्यक्रम, साथीबीचको कुरालगायत कुराहरु फेसबुकमा सेयर गर्ने गर्छन् । उनीहरुले बाहिरी जीवनको कुरा भर्चुवल दुनियाँमा सेयर गर्न छुटाउदैनन् ।

सेल्फी

यस समूहका मानिस आफूलाई प्रमोट गर्नका लागि फेसबुकको प्रयोग गर्छन् । स्ट्याटस, भिडियो, फोटो पोस्ट गर्छन् । जसका माध्यमबाट अरुको ध्यान आफ्नो तर्फ तान्न खोज्छन् । यस समूहका मानिसलाई जति धेरै लाईक, कमेन्ट आयो उनीहरु आफूलाई त्यति धेरै राम्रो महशुस गर्छन् ।

विन्डो सोपर्स

यो समूहका मानिस शालिन प्रवृत्तिका हुन्छन् । फेसबुकलाई सामाजीक दाहित्वको रुपमा लिने गर्छन । उनीहरु आफ्नो व्यक्तिगत कुराहरु फेसबुकमा थोरै सेयर गर्छन । तर, अरुको पोस्टहरु ध्यान दिएर पढ्ने गर्छ ।


पुष्प दुलाल