दरवारमार्गमा २ करोडको लगानीमा खुल्यो ‘द एम्पायर’



काठमाडौं । काठमाडौंको दरवारमार्गमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

युवाहरुको समूहले साढे २ करोड रुपैयाँ लगानीमा ‘द एम्पायर’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

दरवारमार्गस्थित पुमा शोरुमको ठीक विपरितमा रहेको द एम्पायर रेष्टुरेन्टमा एकै पटक १ सय जनालाई सेवा दिन सकिने सञ्चालक गणेश ढकालले जानकारी दिए ।

पारिवारिक वातावरण भएको यस रेष्टुरेन्टले युवावर्गलाई समेत आकर्षित गर्ने उनले बताए । रेष्टुरेन्टको अग्रभावमा रहेको स्थानमा बसेर विभिन्न परिकारका स्वद लिदै दरबारमार्गको दृष्य समेत हेर्न सकिन्छ ।

द एम्पायरमा जापनिज सुफि, थाई फूड, कोरियन फूड, इण्डियन तथा कण्टिनेन्टल, हिमालयन कफि टेष्ट, ड्रिङकलगायत आधुनिक परिकारहरु उपलब्ध रहेको छ । रेष्टुराभित्रको वाटर फाउण्टेन, पेण्टिङलगायत आन्तरिक सजावट द एम्पायरको मुख्य आकर्षक रहेको अर्का सञ्चालक राजन उप्रेतीले जानकारी दिए । ओपन र हाईजेनिक किचन भएको एम्पायरले स्वास्थ्य र सफाईमा अन्तर्राष्ट्रि मापदण्ड पुरा गरेको छ ।

रेष्टुरेन्ट हरेक दिन बिहान ८ बजेदेखि बेलुकी १२ बजेसम्म खुला रहने छ । हरेक शुक्रवार र शनिवारको दिन लाईभ म्युजिकको समेत व्यवस्था गरिएको उनले बताए । हाल एम्पायरमा २२ जना कर्मचारी रहेका छन् । ‘एम्पायर रेष्टुरेन्ट सवै परिवार, कर्पोरेट, पर्यटन, सेलिब्रेटी तथा युवाललाई लक्षित गरी सञ्चालनमा ल्याएको हो’ उनले भने, ‘यसको मेनु पनि मध्यमवर्गीयलाई लक्षित गरि तयार पारिएको छ ।’


क्लिकमान्डु