यसरी हुँदैछ सडकको खाल्डापुर्ने काम, साथमा सडक कालोपत्रे हुँदै



काठमाडौं । केहि दिनअघि बालाजु क्षेत्रमा एक बालिकाको ढलमा परेर मृत्यु भएको र सामाखुशी चोकमा अर्की स्कूले बालिका ढलमा बगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमा खनिएका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिए । सोहि निर्देशनअनुसार पछिल्ला दिनहरुमा सरकारी निकायहरुले खाल्डाखुल्डी पुर्ने र सडकमा कालोपत्र गर्ने कार्य गरिरहेका छन् ।

सडकका खाल्डा पुर्ने र सडक कालोपत्र गर्ने कार्य व्यस्त समयमा नै गर्नेगर्दा उपत्यकाका यातायात अस्तव्यस्त हुने गरेको छ । सोमबार नै अति व्यस्त जमलको सडकमा सवारीको चाप भएको बेला नै सडक कालोपत्र हुँदा दिनभर जसो सडक अस्तव्यस्त हुन पुग्यो भने सवारी साधन र यात्रुहरु घण्टौं जाममा पर्न बाध्य भए ।

हेरौं जमल क्षेत्रमा कालोपत्र हुँदै गर्दै गरेको तस्विर


पुष्प दुलाल