नाडा ‘अटो शो’ भदौ १३ बाट, ८३ वटा कम्पनीले भाग लिदैं




काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी भदौ १३ देखि १८ गतेसम्म नाडा ‘अटो शो’ यसवर्ष ८३ कम्पनीले सहभागि जनाउने पक्का भइसकेको छ ।

‘अटो शो’मा नेपालमा अवस्थित सम्पुर्ण ब्राण्डका चार पांग्रे, दुई पांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरु रहने बताइएको छ । मेलामा सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स लगायतका स्टलहरु रहनेछन् ।

‘अटो शो’मा चारपाँग्रे सवारीको १६ वटा कम्पनीहरुले भाग लिने भएका छन् । त्यस्तैगरी दुईपाँग्रे सवारीका १९ वटा कम्पनी, कमर्सियल सवारीका ६ वटा कम्पनीले भाग लिने भएका छन् ।

त्यस्तैगरी ८ वटा बाणिज्य बैंक, १ बिमा कम्पनी तथा ३३ वटा स्पेयर्स पार्ट्स तथा लुब्रिकेन्ट कम्पनीहरुले भाग लिने भएको ‘नाडा अटो शो’ २०१७ आयोजक समितिका संयोजक सम्भुप्रसाद दाहालले क्लिकमाण्डुलाई बताए ।

राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने उक्त ‘अटो शो’मा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ ।

‘अटोमोबाइल व्यवसायीहरुले आफ्नो स्टल राख्नका लागि गत असार १२ देखि १४ सम्म सम्पर्क गर्नु पर्ने व्यवस्था गरिएको थियो, सो समयमा ८३ कम्पनीले सहभागी हुन दर्ता गराएका छन्’, संयोजक दाहालले भने ।

राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने उक्त ‘अटो शो’मा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ । नाडाले प्रत्येक वर्ष यस प्रकारको ‘अटो शो’ आयोजना गर्दै आएको छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

नाडा ‘अटो शो’ अवलोकन गर्न आउनेहरूमा सर्वसाधारण बाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुने छन् । ‘अटो शो’को आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल हो भने इभेन्ट व्यवस्थापक ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) रहेको छ ।


क्लिकमान्डु