इपिएस भाषा परीक्षाको रिजल्ट आयो , १२ हजार १०८ जना पास




काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको हो ।

६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएको परीक्षाबाट १२ हजार १ सय ८ जना उत्र्तीण भएको इपिएस कोरिया शाखाले जनाएको छ ।

असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका रहेको थियो । तर, केही परीक्षार्थीको जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन पाएका थिएनन् । उनीहरुलाई फेरि एक हप्ते कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।


पुष्प दुलाल