चौतारी लघुवित्तको संचालन नाफा ३ करोड



काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७३।७४को अपरिष्कृत वित्तीय बिबरण प्रकाशित गरेको छ । संस्थाले ३८ करोड ५३ लाख रुपैयाँ कर्जा प्रबाहगरि ३ करोड २२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

संस्थाले खुद ब्याज आम्दानी २ करोड १० लाख रुपैयाँ गर्दा खुद मुनाफा ८३ लाख गरेको छ । संस्थाको चुक्तापँुजी २ करोड १० लाख रुयैयाँ रहेको छ ।


क्लिकमान्डु