गोल्डस्टारको डिलर सम्मेलन सम्पन्न




काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारिक निर्माता किरण सुज म्यानुफ्याकचरर्स तथा हात्ती छाप चप्पलको आधिकारिक निर्माता मोर्डन स्लीपर इन्डस्ट्रिजले नेपाल र भारतकाका डिलरहरुको सम्मेलन सम्पन्न गरेको छ।

२२ जुलाईदेखि २४ जुलाईसम्म आयोजना गरिएको सम्मेलन गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पलको ब्राण्ड बिकासमा नेपाल र भारतको हरेक डिलरको संयुतm योगदानलाई प्रकाशमा ल्याइएको कम्पनीले जनाएको छ।

गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पलको ३ दिन लामो कार्यक्रम मा नेपाल र भारतको ७५ डिलरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा ब्राण्डको बिकासको लागि गरिएका गत बर्षको योजनाको मूल्याङ्कन र आगामी बर्षको लागि अपनाउनुपर्ने योजनाको छलफल गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी गत वर्षका उत्कृष्ट डिलरहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कम्पनीको प्रबन्ध निर्देशक अमिर प्रताप जे।वी। राणाले २० जना उत्कृष्ट डिलरहरुलाई सिङ्गापुर र क्रुज यात्राको भ्रमण प्याकेज दिइएको छ।


पुष्प दुलाल