कोकाकोलाको नयाँ अफरः बिर्को खोलौं-क्यास जितौं



काठमाडौं । कोका–कोलाले नयाँ अफर बिर्को खोलौं क्यास जितौं संचालन गरिरहेको छ । यहि असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू कम्पनीले जनाएको छ ।

यो अफर कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने शिसा बोतलको खरिदमा लागू छ ।

जसमा १ देखि १०० रुपैयासम्मका पुरस्कारहरु जित्न सकिन्छ । शो पुरस्कार रकम कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनी लेखिएको छ ।

उपभोक्ताहरुले पुरस्कार परेको सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।


पुष्प दुलाल