पनामा पेपरको केसले पाकिस्तानका प्रधानमन्त्री सरिफको पद गयो



इस्लामाबाद । पाकिस्तानको सर्बोच्च अदालतले पनामा पेपरको मामलामा प्रधानमन्त्री नवाज सरिफलाई दोषी करार गर्दै पद मुक्त हुने फैसला गरेको छ ।

सर्बोच्चले सरिफलाई प्रधानमन्त्री हुन अयोग्य भनेको छ । सर्बोच्चको फैसलामा पछि सरिफले राजिनामा दिनुपर्छ ।

सर्बोच्च अदालतका न्यायधीशहरु एजाज हसन, एजाज़ अफ़जल, सईद शेख, जस्टिस आसिफ़ सईद खोसा र गुलज़ार अहमदको सयुक्त इजलाशले सरिफलाई दोषी भएको फैसला सुनाएका हुन् ।

खोज पत्रकारहरुको अन्तराष्ट्रिय संस्था(आइसिएफजे)ले पनामाको एउटा ल फर्मको गोप्य दस्तावेद सार्वजनिक गरेको थियो । जसमा अफसोर कम्पनी खडा गर्ने धेरै नेता,सेलिब्रेटीहरुको नाम थियो । पनामा पेपर सार्वजनिक भएपछि आइसल्याण्डका प्रधानमन्त्रीले पनि राजिनामा दिएका थिए ।

सरिफको परिवारका सदस्यको नाम यसमा मुछिएको थियो ।


क्लिकमान्डु