संसारकै पहिलो यस्तो रेल, जहाँ ५ तारे होटलको सुविधा पाइन्छ



काठमाडौं । जापानमा सुपर डिलक्स क्रुज ट्रेनको सेवा प्रारम्भ भएको छ । हजारौ डलर तिरेर रेलको सेवा लिनका लागि मानिसहरु पहिले देखि नै बुक गराइरहेका छन् । यो रेलले आर्ट डेको अर्थात आधुनिक कलाको सुरुवात समयको सम्झना गराउने छ ।

ट्वीलाइड एक्सप्रेस मिजुकाजीले यो सेवाको सुरुवात गरेको हो । ओसाका रेलवे स्टेशनबाट आफ्नो उद्घाटन यात्रा सुरु गरेको छ । यसले जापानका सुदूर इलाकासम्मको यात्रा तय गर्नेछ ।

रेलमा यात्रा गर्नका लागि २४ लाख येन अर्थात करिब २२ लाख रुपैयाँ भाडा लाग्ने छ । यसमा २ रात र ३ दिनको टुर प्याकेज उपलब्ध हुनेछ । धानको खेत चट्टानी पहाड र पुराना धार्मिक स्थल हुँदै रेल अगाडि बढ्ने भएकोले यसको यात्रा निकै नै रोचक हुन्छ ।

मिजुकाजीको अर्थ ताजा हावा हुन्छ । रेलको सुइटमा ‘फाइभ स्टार’ होटलको सुविधा उपलब्ध छ । यसको बाथरुममा मार्बल राखिएको छ र बाथ टबको सुविधा छ । शानदार लाउन्ज छ, जहाँ बसेर मानिसहरु ककटेल इन्जोय गर्न सक्छन् । रेलमा १० डिब्बा छन् ।

धेरै यात्री भएकाले यात्रीहरुको छनोट लक्की ड्रको आधारमा गरिदै छ । सन् २०२० को ओलम्पिक गेम टोकियोमा हुँदैछ । त्यसैले पनि पर्यटन प्रवद्र्धनका लागि समेत जापानले यस प्रकारको रेल सेवा सुरु गरेको बताइएको छ । एजेन्सी


क्लिकमान्डु