योजना आयोगबाट मिनबहादुर बाहिरिए, अब को आउँदैछ ?



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले आज दिउसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजिनामा दिएका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो ।

सरकार परिवर्तन भएपछि योजना आयोगको उपाध्यक्ष सहित सदस्यहरुको टिम नै परिवर्तन हुने प्रचलन छ ।

आयोगको नयाँ उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त हुने चर्चा छ ।


पुष्प दुलाल