नेप्सेमा सामान्य सुधार, १ अर्ब ५ करोड रुपैयाँको कारोबार



 

काठमाडौं । बुधबार नेप्से २.४९ अंकको झिनो अंकले बढेर १६६२.७४ अंकमा बन्द भएको छ । १५७ कम्पनीका २१ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५ करोड रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरुमा बैंकिङ, होटल, बिकास बैंक र बित्त बढेका छन् भने जलबिद्युत, बीमा, उत्पादन र अन्य घटेका छन् ।

बुधबार नागबेली लघुबित्तको सबैभन्दा बढि ८ करोड ५५ लाख रुपैंयाँको कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट र मिर्मिर माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने युनाइटेड मोदीका लगानीकर्ताले सबैभन्दा बढि ५.२७ प्रतिशतले गुमाएका छन् ।

 


क्लिकमान्डु