एभरेष्ट बैंकको हकप्रद भर्ने समय ३ दिन बाँकी



काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई बिक्री गरिरहेको हकप्रद सेयर भर्ने समय अब ३ दिनमात्र काँकी रहेको छ । बंकले आफ्ना सेयरधनीलाई ३ बराबर १ कित्ताको दरले हकप्रद बिक्री गरिरहेको छ ।

बैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर हकप्रदको रुपमा बिक्रीगर्ने छ । असार १८ गतेबाट बिक्री खुल्ला भएको सेयर साउन २२ गते बैकिङ समय पश्चात बन्द हुने छ ।

बैंकको हकप्रद बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ ।


क्लिकमान्डु