स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त



काठमाडौं । मन्त्रीपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा डा स्वर्णिय वाग्नेलाई नियुक्त गरेको छ ।

योजना आयोगका सदस्य रहेका वाग्लेलाई विहीवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।

वाग्लेले अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी उपाधी हासिल गरेका हुन् ।

विश्वमा उत्कृष्ट मानिने हावर्ड विश्वविद्यालयबाट वाग्लेले एमपिए गरेका छन् । लण्डन स्कूल अफ इकोनोमिक्सबाट ब्याचलर गरेका हुन् ।

विश्व बैंक,युनडिपी लगायत अन्तराष्ट्रिय संस्थामा अनुभव हासिल भएका वाग्लेलाई शुसील कोइराला नेतृत्व सरकारमा योजना आयोगको सदस्य भएर नेपाल फर्केका थिए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस तर्फबाट वाग्ले पुनः सदस्य बनेका थिए ।

प्रचण्ड सरकारले उपाध्यक्ष बनाएका मिनबहादुर श्रेष्ठले उपाध्यक्ष पदबाट राजिनामा दिएपछि उपाध्यक्ष पद खाली थियो ।

उनले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसाग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उनको दर्जनभन्दा बढि अर्थशास्त्र सम्वन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

उनी २०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड पनि हुन् । उनलाई प्रभावशाली युवा अर्थशास्त्रीको उपमा दिएर अन्तराष्ट्रिय मिडियाहरुले लेख्ने गरेका छन् । वाग्ले नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिने चर्चित अर्थशास्त्रीमा पर्छन् ।


क्लिकमान्डु