कमोडिटिज फ्युचर एक्सचेन्ज(सिएफएक्स) पुनः संचालनमा आउने



काठमाडौं । कमोडिटिज फ्युचर एक्सचेन्ज(सिएफएक्स) पुनः संचालनमा आउने भएको छ ।

व्यवस्थापिका संसद्बाट हालै वस्तु विनिमय बजार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भएपछि नेपालको कमोडिटिज र डेरिभेटिव बजार व्यवस्थित र विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ ।

सिएफएक्सका प्रवन्ध निर्देशक सरोजसरण साहले ऐनमा भएको व्यवस्था अनुसार कम्पनी संचालनमा ल्याइने बताए ।

‘कम्पनीको स्वामित्व र व्यवस्थापन परिवर्तन भएर संचालनमा आउन लागेको छ’,साहले भने,‘ऐन पारित भएको हुँदा उत्साहका साथ कम्पनीले कमोडिटिज र डेरिभेटिवको नयाँ क्षेत्र पहिल्याउन पहल गर्ने छ।’


क्लिकमान्डु