बारामा १ अर्बको चैतेधान उत्पादन



बारा । बारामा आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ बराबरको ५२ हजार ३ सय ५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले ९ हजार ६ सय ९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३ सय ५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

उत्पादित चैतेधान अहिले बजारमा प्रतिक्विन्टल रु दुई हजार एक सयका दरले बिक्री भइरहेको छ । चैतेधान खेती गर्न सरकारले कृषकलाई बीमाको ७५ प्रतिशत र खेतीका लागि प्रतिहेक्टर रु पाँच हजार अनुदान दिने व्यवस्था गरेको छ । आव २०७२/७३ मा कृषकले ९ हजार ६ सय ९० हेक्टर जग्गामा विभिन्न जातको चैतेधान खेती गरी ५१ हजार ८ सय ४१ मेट्रिक टन धान उत्पादन गरेका थिए । रासस


पुष्प दुलाल