काठमाडौं महानगरले १ अर्बको घरजग्गा र ७ करोडको गाडी किन्ने



काठमाडौं । काठमाडौं महानगरले १ अर्ब रुपैयाँको घरजग्गा ७ करोड रुपैयाँको गाडी किन्ने भएको छ । घरजग्गा र गाडी महानगरले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटमार्फत् खरिद गर्न लागेको हो ।

महानगरले जनप्रतिनिधि तथा कर्मचारीको तलब तथा सेवाका लागि ७९ करोड रुपैयाँ छुटाइएको छ । प्रत्यक वडा अध्यक्षलाई चिया खर्चका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार सुधारको लागि २ अर्ब रुपैयाँ राखिएको छ । वातावरण सुधारको लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीको भ्रमर्ण खर्चका १ अर्ब ६० करोड रुपैयाँ छुटाइएको छ । जनप्रतिनिधि तथा कर्मचारीको गाडीमा पेट्रोल तथा डिजल हाल्नका १५ करोड ५० लाख रुपैयाँ पाउने छन् ।

महानगरले भौतिक पूर्वाधार तथा विकास खर्चका लागि ८ अर्ब ९८ करोड रुपैयाँ छुटाएको छ । महानगरले आर्थिक बर्ष २०७४/७५ को लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।


पुष्प दुलाल