स्वीस बैंकमा सबैभन्दा बढी पैसा बेलायतीको, यी हुन् विश्वका शीर्ष १० देश (सूचिसहित)



एजेन्सी । स्वीस बैंकमा पैसा राख्नेको सूचीमा सवैभन्दा धेरै बेलायती रहेको तथ्यांक सार्वजनिक भएको छ । शीर्ष १० को सूचीमा बेलायत पहिलो हो भने दोस्रोमा अमेरिका रहेको छ ।

वेस्ट इन्डिज, फ्रान्स, बहामस, जर्मनी, गयनसे, जर्सी, हङकङ र लक्जेम्बर्ग रहेका छन् । बेलायतले कुल विदेशीको २५ प्रतिशतभन्दा बढीको हाराहारीमा स्वीस बैंकमा पैसा राखेको छ । १७७ अर्ब स्वीस अर्थात कुल विदेशीको १४ प्रतिशतसहित अमेरिका दोस्रो स्थानमा रहेको छ । अन्य कुनै पनि मुलुकको दोहोरो अंकको हिस्सा छैन ।

विदेशी ग्राहकबाट स्वीस बैंकमा जम्मा भएको कुल पैसा २०१६ मा १.४१ ट्रिलियन स्वीस फ्र्यांकबाट सानो अन्तरले मात्रै वृद्धि भएर १.४२ ट्रिलियन स्वीस फ्र्यांक कायम भएको छ ।

रुस १९ औं, चीन २५ औं, ब्राजिल ५२ औं र दक्षिण अफ्रिका ६१ औं स्थानमा रहेका छन् । भारतको छिमेकी मुलुकमध्ये बंगलादेश ८९ औं, नेपाल ३१ करोड २० लाखसहित १ सय ५० औं, श्रीलंका १ सय ५१ औं, भुटान २ सय ८२ औं स्थानमा रहेका छन् ।

भारतीयको संख्यामा गिरावट
स्वीस बैंकमा पैसा राख्नेमा भारतीयको संख्यामा गिरावट आएको छ । भारत ८८ औं स्थानमा ओर्लिएको छ । आधिकारिक रुपमा स्विट्जरल्यान्डको बैंकका पैसा राख्ने भारतीयको संख्या सबै विदेशीले राखेको पैसाको ०.०४ प्रतिशत मात्रै छ ।

२०१५ मा स्वीस बैंकमा पैसा राख्नेको मामिलामा भारत ७५ औं स्थानमा थियो र त्योभन्दा अघिल्लो वर्ष ६१ औं स्थानमा थियो । २००७ सम्मको अवधिमा स्वीस बैंकमा पैसा राख्ने मामिलामा भारत शीर्ष ५० को सूचीमा रहँदै आएको थियो ।

२००४ मा भारत ३७ औं स्थानमा थियो । यो मामिलामा पाकिस्तान भारतभन्दा माथि देखिएको छ । कुल १.४ अर्ब स्वीस फ्र्यांक सहित पाकिस्तान ७१ औं स्थानमा कायम भएको छ ।


क्लिकमान्डु