भारतीय मिडियाको विश्लेषणः चिनियाँ समान बहिस्कारले दुवै पक्षलाई वेफाइदा



भारत। भारत र चीनबीच केही हप्ता यता विकसित सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिस्कार गर्ने प्रवृति बढेको बताउँदै यसलै दुवै पक्ष (चीन र भारत)लाई क्षति हुने सोमबार भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तनाव जारी रहेका समय भारतीय दक्षिणपन्थी शक्ति तथा केही सङ्घसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिस्कार गर्न आग्रह गरेपछि सञ्चारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन् ।

गत जुन १८ गते चीन–भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ (डाकलाम) मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो ।

यसै बिषयलाई लिएर गरिएको बहिस्कारलाई भारतीय दैनिक पत्रिका ‘न्यू इन्डियन डेली’ले ‘आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान’ भनी आफ्नो सोमबारको अङ्कमा आलोचना गरेको छ ।

भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिस्कारको) नीतिले चीनमाथि दवाव पर्छ भन्ने कुरा ‘गलत’ सोचमात्र भएको र “यसले भारतलाई क्षति पुग्ने” जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ ।

चिनियाँ भन्सार कार्यालयको तथ्याङ्क अनुसार सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्व ३२ करोड अमेरिकी डलर रहेको थियो । चीनबाट सन् २०१५ मा ५८ अर्व २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो । यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ ।

तर गतबर्ष भारतबाट चीनतर्फ ११ अर्व ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र उक्त बर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो । यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्व ५६ करोड अमेरिकी डलर रहेको छ ।

भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो । त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ । रासस/सिन्ह्वा


क्लिकमान्डु