नेपालका उद्योगहरु सुनखानी माथि बसिरहेका छन्: नितिन कलोथियाको अन्तर्वार्ता

नितिन कलोथिया, डाइरेक्टर, फ्रस्ट एण्ड सलिभन २०७४ साउन २५ गते १५:१७ मा प्रकाशित

‘फ्रस्ट एण्ड सलिभन’ बिश्वब्यापी रुपमा काम गरिरहेको रणनीतिक परामर्शदाता कम्पनी हो । यो परामर्शदाता कम्पनीलाई ‘बृद्धि साझेदार’ कम्पनी पनि भन्ने गरिन्छ । यसले अन्य कम्पनीहरुलाई उनीहरुको ब्यवसाय तीब्र गतिमा बृद्धि गर्न सघाउने गर्छ । यो कम्पनी सन् १९६१ मा स्थापना भएको हो र अमेरिकामा आधारित छ । यो परामर्शदाता दक्षिण एसियाली क्षेत्रमा भने बिगत ४५ बर्षदेखि काम गरिरहेको छ । संसारका ठूला कर्पोरेसनहरुसँग उनीहरुको उत्पादकत्व बढाउने र ब्यवसाय बृद्धि गराउने काममा उनीहरुको रणनीतिक साझेदारको रुपमा यो परामर्शदाताले काम गर्दै आएको छ । नितिन कलोथिया यो कम्पनीमा उत्पादन र प्रक्रिया परामर्शको नेतृत्व गर्छन् । कलोथिया उत्तरी अफ्रिका, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रका निर्देशक हुन् । उनी बिगत ११ बर्षदेखि यो कम्पनीमा कार्यरत छन् । नेपालमा उनको प्रमुख दायित्व भनेको नेपालको उत्पादन क्षेत्रमा परामर्शको नयाँ संस्कृति भित्र्याउने हो । नेपाल उद्योग परिसंघले आयोजना गर्न लागेको विजनेस एक्सिलेन्स अवार्डको क्रममा उनी नेपाल आएका हुन् । उनको कम्पनी फ्रस्ट एण्ड सलिभन यो अवार्ड वितरणमा सलग्न छ । नेपालमा आएका नितिनसँग नेपालको उत्पादन क्षेत्र, प्रतिस्पर्धात्मक क्षमता, तुलनात्मक लाभ र नेपालको उत्पादन सम्भावना बारे उनी र उनको कम्पनीको बुझाइका विविध पक्षबारे क्लिकमाण्डूका लागि शिव सत्याल र ब्रबिम बिक्रम थापाले  कलाेथियासँग गरेको कुराकानी:

तपाईको कम्पनी कहिलेदेखि नेपालमा कार्यरत छ ?
हाम्रो कम्पनी नेपालमा बिगत डेढ बर्षदेखि कार्यरत छ । यसको मतलब हामी आफूलाई नेपालमा केही नयाँ नै मान्छौं ।

तपाईंहरुले आफ्नो सेवा बिस्तार गर्न नेपाल पनि छान्नुको कुनै बिशेष कारण छ कि ?

नेपालमा धेरै ब्यवसायीक घरानाहरु छन्, जो निकै ठूलो बन्ने चाहना राख्छन् । र, नेपाल बाहिर पनि काम गर्ने बहुराष्ट्रिय परामर्शदाता कम्पनीहरु नेपालमा छैनन् । हाम्रो प्रारम्भिक अनुसन्धानले पनि यहाँ अवसर रहेको र ‘क्लाइन्ट’हरुको तर्फबाट नै हामी जस्तो बहुराष्ट्रिय परामर्शदाता कम्पनीको आवश्यकता महशुस भएको अवस्था हो ।

नेपालका परामर्शदाता कम्पनीहरुले पनि राम्रो काम गरिरहेका छन् । म यसलाई नकार्दिन । तर, अन्तराष्ट्रिय रुपमा आफलाई प्रतिस्पर्धी बनाउन अन्तराष्ट्रिय सञ्जाल र अनुभव भएको परामर्शदाता चाहिन्छ । त्यसैले हामीले यहाँ अवसर देख्यौं र आयौं ।

तपाईंलाई लाग्छ कि अहिले नेपालका ब्यवसायिक घरानाहरुलाई स्तरीय परामर्शको अभाव खट्किरहेको छ ?

अभाव नै खट्किरहेको छ त म भन्दिन । तर, उनीहरु अवसरहरुको खोजिमा भने पक्कै पनि छन् । उनीहरु ठूलो हुन चाहिरहेका छन् । ब्यवसायिक बृद्धि गर्न चाहेका छन् । उनीहरु नयाँ ब्यवसायिक अवसरहरुको खोजीमा छन् । बिश्व बजारमा कहाँ र कस्तो अवसरहरु छन् भन्ने खोजिमा छन् । यस्तोखाले सुचना र ज्ञान नेपाली कम्पनीहरु खोजिरहेका छन् ।

त्यसैका लागि हामी हाम्रो ४५ वटा बिभिन्न देशहरुमा काम गरेको सुचना र ज्ञान यहाँ ल्याउन चाहिरहेका छौं । हामीले गरेका बिभिन्न अनुसन्धानहरुले पनि यहाँका कम्पनीहरुलाई सघाउन सक्छ ।

रामदेवले आफ्ना ‘भक्त’हरुका कारणले ब्यवसाय बिस्तार गर्न सफल भएका होइनन् । यस्तो हुन्थ्यो भने रविशंकरका पनि कम भक्तहरु छैनन् । त्यसैले यो ‘भक्त’हरु भन्दा पनि उत्पादन र मुल्य जस्ता ब्यवसायीक अवयवहरुकै कारणले हो जस्तो लाग्छ ।

दोस्रो, कम्पनीहरुको संरचना, आन्तरिक ब्यवस्थापन, दक्षता, उत्पादकत्वलगायत क्षेत्रमा पनि हामी सघाउन सक्छौं ।

अर्को महत्वपूर्ण कुरा के हो भने नयाँ पुस्ताले यहाँको ब्यवसायिक घरानाहरुको नेतृत्व लिन थालिसकेका छन् । उनीहरु बाहिरी बजारसँग परिचित छन् । उनीहरुको आफ्नो कम्पनीको ब्यवस्थापन बहुराष्ट्रिय कम्पनीहरुको जस्तो बनाउन चाहन्छन् । र, हामीले पनि यसमा धेरै सेवाहरु दिंदै आएका छौं । कसरी कम्पनीको ब्यवस्थापन चुस्त बनाउने, कसरी बढी नाफा कमाउने भन्ने जस्ता विषयमा हामी धेरै उपयोगी हुन सक्छौं ।

समग्रमा भन्दा कसरी पारिवारिक ब्यवसायलाई कर्पोरेट ब्यवसायमा रुपान्तरण गर्ने भन्ने यहाँका नयाँ पुस्ताको चासो छ भने हामीले हाम्रा लागि पनि त्यहाँ धेरै अवसर देखेका छौं । राम्रोलाई अझ राम्रो कसरी बनाउने भन्ने नै अहिलेको प्रमुख चासो हो ।

तपार्ईंहरुले प्रदान गर्ने परार्मश सेवाहरुको सन्दर्भमा (उत्पादन, सेवालगायत क्षेत्रमा) नेपाल दक्षिण एसियाका अन्य देशहरुको तुलनामा कहाँ उभिएको छ जस्तो लाग्छ ?

उत्पादन क्षेत्रकै कुरा गर्ने हो भने म केही क्षेत्रीय देशहरुसँग तुलना गर्न चाहन्छु ।

उदाहरणको लागि भारतलाई लिउँ । भारतमा बिश्वस्तरीय उत्पादनमुलक कम्पनीहरु र कारखानाहरु दुई दशक अघिदेखि खुल्न थालेका हुन् । त्यसैले त्यहाँका कम्पनीहरुले लामो बाटो तय गरिसके ।

परामर्शदाता कम्पनीको रुपमा हामी के भन्न चाहन्छौं भने कुनै थप लगानीबिना नेपालका कम्पनीहरुलाई अझै २० प्रतिशत बढि दक्ष बनाउन सकिन्छ । हामीले बिगत ६–८ महिनामा यही महशुस गरेका छौं ।

नेपालका कम्पनीहरुलाई पनि अहिले धेरै अवसरहरु छन् । तर, यसका लागि उत्पादकत्व बढाउने, दक्षता बृद्धि गर्ने, मूल्य घटाउने, गुणस्तर बढाउने लगायत काममा भने केन्द्रित हुनुपर्छ । यति गर्न सके नेपालको उत्पादन क्षेत्रमा पनि धेरै अवसरहरु छन् । मलाई लाग्छ धेरै नेपाली कम्पनीहरु सुन खानी माथि बसिरहेका छन् ।

परामर्शदाता कम्पनीको रुपमा हामी के भन्न चाहन्छौं भने कुनै थप लगानीबिना नेपालका कम्पनीहरुलाई अझै २० प्रतिशत बढि दक्ष बनाउन सकिन्छ । हामीले बिगत ६–८ महिनामा यही महशुस गरेका छौं ।

बंगलादेशसँग तुलना गर्ने हो भने खासै फरक लाग्दैन । त्यहाँबाट दक्षिणपूर्व तिर लागेर थाइल्याण्ड वा भियतनाम पुग्ने हो भने उनीहरु उत्पादन क्षेत्रमा धेरै अगाडी बढिसके । र, उनीहरुको उत्पादन क्षमता अत्याधिक बढिसक्यो ।

नेपालको ब्यापार घाटा निकै ठूलो छ । हामी कम निर्यात र अत्याधिक आयात गर्छौं । तपाईहरु, जस्तो खालको ब्यवसायिक सेवा प्रदान गर्नहुन्छ, के तपाईलाई लाग्छ यसले नेपालको ब्यापार घाटालाई केही हदसम्म घटाउन मद्दत पुर्याउन सक्छ ?

यसका लागि दुईवटा कुरामा ध्यान दिनपर्छ जस्तो लाग्छ । पहिलो, ब्यवसायीहरुको चाहना ।

अहिले नेपाली ब्यवसायीहरु नेपालकै लागि सामान बनाउनमा केन्द्रित छन् । उनीहरु कति लगानी गर्न चाहन्छन् र ‘ग्लोबल प्लेयर’ बन्न चाहन्छन् वा चाहन्नन् भन्ने कुराले पनि अर्थ राख्छ ।

जब हामी ‘नेपालमा बनेको’ भनेर पनि चर्चा गर्न थाल्छौं, त्यसपछि एउटा ब्राण्डको स्थापना हुन्छ । त्यसपछि नै निर्यातले गति लिन्छ ।

दोस्रो, सरकारी योजना र नीतिगत सुधारहरुले पनि धेरै अर्थ राख्छ । अरु देशहरुको उदाहरण हेरौं । हामीले ‘जापानमा बनेको’ भनेर धेरै सुनेका छौं । हामी ‘थाइल्याण्डमा बनेको’, ‘अमेरिकामा बनेको’ भनेर पनि धेरै सुन्छौं ।

जब हामी ‘नेपालमा बनेको’ भनेर पनि चर्चा गर्न थाल्छौं, त्यसपछि एउटा ब्राण्डको स्थापना हुन्छ । त्यसपछि नै निर्यातले गति लिन्छ ।

तर, जतिसम्म मैले नेपाल र यो क्षेत्र बुझेको छ, नेपाल अहिले नेपालकै लागि उपभोग्य बस्तुहरु बनाउनमै केन्द्रित हुनुपर्छ जस्तो लाग्छ ।

केही कम्पनीहरुले भारत लगायत देशमा केही निर्यात गरे पनि अहिले नेपाललाई ‘एक्सपोर्ट हब’कै रुपमा बिकास गर्न कसैले सोचेको छ जस्तो लाग्दैन । र, त्यो नभएसम्म ब्यापार घाटा तल झर्ने संभावना देखिंदैंन । निर्यातकर्ता देश बन्नका लागि पूर्वाधारहरुको पनि उत्तिकै खाँचो छ । अहिले आधारभूत उर्जा कै समस्या छ नेपालमा ।

नेपाल भूपरिवेष्ठित छ, भविष्यमा निर्यात गर्ने लक्ष्यको साथ अघि बढ्न चाह्यो भने त्यसका लागि नेपालको भौगोलिक अवस्थितिले साथ देला ? आपुर्ति श्रृङ्खला बिज्ञका रुपमा तपाईंका धारणाहरु के छन् ?

नेपालको उत्पादन लागत (कच्चा पर्दाथलाई उपभोग्य वस्तुमा रुपान्तरण गर्न लाग्ने कुल लागत) भारतको भन्दा कम छ । यसको मतलब के हो भने भारत र नेपालले कच्चा पर्दाथ उस्तै मुल्यमा खरिद गर्ने हुन् । तर, नेपालको उत्पादन लागत, जसलाइ अंग्रेजीमा कष्ट अफ कन्भर्जन भनिन्छ, भारतको भन्दा कम छ ।

नेपालले प्रतिस्पर्धा गर्न सक्ने भनेको दुईवटा तरिकाले मात्र हो । पहिलो, कम लागतमा उपभोग्य वस्तु बनाउनु । यसका लागि उत्पादनको मात्रा अत्यन्तै ठूलो हुनुप¥यो । नेपालको आकारका कारणले यो निकै गाह्रो कुरा भयो ।

नेपालमा ‘लजिस्टिक्स’को लागत भने धेरै छ । वा भनौं, यसमा दक्षताको खाँचो छ । तर, उत्पादन लागत कम भएको हिसाबले ‘लजिस्टिक्स’को लागतको क्षतिपूर्ति यसले गर्छ । र, नेपालले भारत र केहीहदसम्म बंगलादेशसम्म निर्यात गर्नसक्ने अवस्थामा पुर्याउँछ । म अहिले युरोप वा मध्यपूर्वमा निर्यात गर्न सक्ने संभावना भने देख्दिन । त्यहाँ निर्यात गर्नका लागि धेरै ठूलो मात्रामा उत्पादन गर्नुपर्छ ।

भने पछि तत्कालका लागि नेपालले आन्तरिक खपतका लागि मात्रै उत्पादन गर्नमा केन्द्रित हुनुपर्छ भन्ने तपाईंको सुझाव हो ?

त्यसो त होइन । तर, तपाईंले उत्पादन क्षमताको आधारमा हेर्नुभयो भने भारत नेपालभन्दा धेरै नै अगाडी छ । कपडा उत्पादनको कुरा गर्ने हो भने बंगलादेश नेपालभन्दा मात्र नभएर अन्य धेरै देशहरु भन्दा अगाडी छ । दक्षिण–पूर्वी एशियाका देशहरु पनि धेरै अगाडी छन् । यिनीहरुसँग प्रतिस्पर्धा गर्न नेपाललाई धेरै कठिन छ ।

नेपालले प्रतिस्पर्धा गर्न सक्ने भनेको दुईवटा तरिकाले मात्र हो । पहिलो, कम लागतमा उपभोग्य वस्तु बनाउनु । यसका लागि उत्पादनको मात्रा अत्यन्तै ठूलो हुनुप¥यो । नेपालको आकारका कारणले यो निकै गाह्रो कुरा भयो ।

दोस्रो, नेपालको आफ्नै ‘मेड इन नेपाल’ ब्राण्डको स्थापना गरेर । यसका लागि ठूलो मात्रामा उत्पादन गर्नुपर्दैन । तर, गुणस्तर र बिशेषताका हिसाबले भने अरुलाई उछिन्नु प¥यो । यसका लागि नेपालले आफ्नो दक्षता भएको केही क्षेत्रहरुमा ध्यान दिनसक्छ । उदाहरणको लागि कार्पेट वा पस्मिना शललाई लिन सकिन्छ । हस्तकला, मुर्तीलगायत सामान र घरेलु उद्योगका उत्पादनहरुले पनि नेपाललाई तुलनात्मक लाभ दिन सक्छन् ।

बिदेशी ठूला उद्योगहरु उत्पादन क्षेत्रमा लगानी गर्न नेपाल आउने संभावना कतिको देख्नुहुन्छ ?

देख्दिन । ठूला उद्योगहरुका लागि नेपालको बजार निकै सानो छ । नेपालमा उत्पादन गर्ने र नेपालमै बेच्नका लागि उनीहरु यहाँ लगानी गर्न आउलान् जस्तो मलाई लाग्दैन । उनीहरु भारतमै उद्योग खोलेर भारत र नेपाल दुवै बजारमा सहजै काम गर्न सक्छन् ।

कच्चा पर्दाथको उपलब्धता र आपूर्ति पनि नेपालको तुलनामा भारतमा नै सहज छ । र, भारतमा ब्यवसाय गर्न नेपालको तुलनामा सहज पनि छ । म बहुराष्ट्रिय कम्पनीहरु नेपालमा आएर उद्योग खोल्नका लागि कुनै बलियो कारण देख्दिन ।

केही समयअघि नेपाल सरकारकै अग्रसरतामा भएको लगानी सम्मेलनमा १७ अर्ब डलर भन्दा बढिको बैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । र, त्यसमा उत्पादनमुलक क्षेत्रमा पनि उल्लेख्य लगानीको प्रतिबद्धता आएको थियो, त्यो नजिर तपाइको बिचारभन्दा फरक भएन र ?

मैले थाहा पाएसम्म लगानी प्रतिबद्धताको ठूलो हिस्सा पूर्वाधार निमार्णमा नै केन्द्रित थियो । उर्जा, निर्माणलगायत क्षेत्रमा नै लगानीको प्रतिबद्धताहरु आएका थिए । केही प्रतिबद्धता उत्पादन क्षेत्रमा आएका थिए । तर, ती मुलतः स्वदेशी खपतकै लागि थिए ।

त्यसोभए एउटा परामर्शदाताको नाताले हेर्दा अहिलेको समयमा नेपालको तुलनात्मक लाभको क्षेत्र के हुन सक्ला जस्तो तपाइलाई लाग्छ ?

मेरो बिचारमा नेपाललाई अहिलेको समयमा तुलनात्मक लाभ भनेको कम उत्पादन लागत (कष्ट अफ कन्र्भजन) नै हो । यहाँ भारतलगायत देशको भन्दा श्रम सस्तो छ । तर, यो तुलनात्मक लाभलाई यहाँको ब्यवसायिक क्षेत्रमा बिद्यमान अदक्षताले काटिरहेको छ ।

त्यसै कारणले युनिलिभर जस्तो कम्पनीले नेपालमा उद्योग खोलेर भारतमा निर्यात गर्ने बारेमा नसोचेको हो भन्ने मलाई लाग्छ । त्यसैले अहिले म नेपालको तुलनात्मक लाभको क्षेत्रको बारेमा झट्टै भन्न सक्दिन ।

तर, यहाँका ब्यवसायिक घरानाको ब्यवसाय गर्ने तरिका, सोच्ने प्रक्रिया, पारिवारिक ब्यवस्थापन, अग्रगामी सोच आदि निकै रोचक छन् । त्यसैले यहाँका ब्यवसायहरुले प्रत्येक बर्ष राम्रै बृद्धि गरिरहेका पनि छन् ।

तपाईका अनुसार नेपालले तत्काल उत्पादन क्षेत्रको बिस्तार गरेर निर्यात गर्ने संभावना छैन, र बहुराष्ट्रिय कम्पनीहरु पनि यो क्षेत्रमा लगानी गर्न आउने संभावना छैन भने तपाईं जस्तो बहुराष्ट्रिय परामर्शदाता कम्पनीको नेपालमा के भुमिका हुन्छ त ?

नेपालले नेपालकै लागि बनाउने भन्ने नै अहिलेको सोच हो भन्ने मलाई लाग्छ । कसरी आफ्नो दक्षता बढाउने ? कसरी अहिलेकै कारखानाहरुबाट कसरी बढि भन्दा बढि उत्पादन गर्ने ? कसरी कर्मचारीहरुको उत्पादकत्व बढाउने ? कसरी यी मानिसहरको सीप र ज्ञानको बृद्धि गर्ने ? भन्ने कुरा मै हामी केन्द्रित हुनुपर्छ ।

जब यी सबै कुराहरु हासिल हुन्छन् र, पूर्वाधारको पनि बिकास हुन्छ, त्यसपछि अर्को छलाङ मार्ने बारेमा सोच्नु पर्छ ।

त्यसैले परामर्शदाताको रुपमा हाम्रो मुख्य ध्यान भनेको कम्पनीहरुको दक्षता र उत्पादकत्व बढाउने मै रहनेछ । भएका साधनस्रोतबाट राम्रो नतिजा निकाल्न मै हाम्रो सेवा केन्द्रित हुनेछ ।

परामर्शदाताको रुपमा ब्यवसायीक ‘ट्रेण्ड’को क्षेत्रमा पनि तपाईंहरुको बलियो पकड रहन्छ । पछिल्लो समयमा दक्षिण एसियाली क्षेत्रमा गुरु–चेलाको सम्बन्ध (रामदेव, रविशंकर आदिले गर्दै आएको उपभोग्य वस्तुको उत्पादनका कारण) उत्पादक–उपभोक्ता सम्बन्धमा परिवर्तन भैरहेको ट्रेण्डलाई कसरी हेर्नुहुन्छ ?

पछिल्लो ५–६ बर्षमा यो मोडलमा सफल भएको ब्यसायिक उत्पादन भनेको रामदेवको पतञ्जली मात्र हो । रविशंकरका उत्पादनहरु त्यती सफल भएको जस्तो मलाई लाग्दैन ।

पतञ्जली सफल भएको भनेको उत्पादनको कारणले मात्र हो । कसैले वस्तु प्रयोग ग¥यो र मन प¥यायो भने उसले अरुलाई पनि ‘रिफर’ गर्छ । पतञ्जलीको सफलताको मोडल भनेको ‘रिफरल मोडल’ नै हो ।

रामदेवले आफ्ना ‘भक्त’हरुका कारणले ब्यवसाय बिस्तार गर्न सफल भएका होइनन् । यस्तो हुन्थ्यो भने रविशंकरका पनि कम भक्तहरु छैनन् । त्यसैले यो ‘भक्त’हरु भन्दा पनि उत्पादन र मुल्य जस्ता ब्यवसायीक अवयवहरुकै कारणले हो जस्तो लाग्छ ।

पतञ्जलीले प्रयोग गरेको ‘हर्बल’ र ‘आयुर्वेदिक’ शब्दले पनि धेरैको ध्यान खिचेको हो । यी शब्दको दक्षिण एसियाली क्षेत्रका मानिसहरुसँग एतिहासिक साइनो छ ।

‘आपूर्ति श्रृंखला’ बिज्ञका रुपमा ओबिओआर, बिमस्टेक साफ्टा जस्ता संस्थाहरुको ‘कनेक्टिभिटी’ योजनाहरुले दक्षिण एसियाली क्षेत्रमा आपसी लाभका लागि कस्तो भुमिका खेल्न सक्लान् भन्ने ठान्नुहुन्छ ?

यी ‘कनेक्टिभिटी’का योजनाहरु राम्रोसँग अघि बढेमा आपूर्ति श्रृंखलाको दक्षता बढ्छ । उदाहरणको लागि भारतबाट कच्चा पदार्थ ल्याउन नेपाली कम्पनीहरुलाई ३ देखि ६ महिनासम्म लाग्ने गरेको छ ।

‘कनेक्टिभिटी’ले आपूर्तिकर्ता र उपभोक्ता दुवैलाई फाइदा पुर्याउँछ । र, साथसाथै, कम्पनीहरुकाबिच प्रतिस्पर्धा पनि तीब्र बनाउँछ ।

तपाईंहरुले निकट भविष्यमा गर्दै गरेको ‘बिजनेश एक्सिलेन्स अवार्ड’ बारेमा केही भन्न चाहनुहुन्छ ?

यो एउटा ग्लोबल कार्यक्रमलाई नेपालमा ल्याउने प्रयास हो । यस्तो अर्वाडले नेपालका कम्पनीहरुलाई बिश्वब्यापी रुपमा प्रकाशमा ल्याउन मद्दत पुग्छ । र, उनीहरुलाई रणनीतिक योजना बनाउन, ब्यवसायीक योजनाहरु बनाउन र बिश्वमा के भैरहेको छ भनेर बुझ्न मद्दत पुग्छ ।

अहिले नेपालकै कम्पनीहरुबिच मात्र प्रतिस्पर्धा छ । तर, अबको १० बर्षपछि नेपाली कम्पनीहरुले बिदेशी कम्पनीहरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । यस्ता अर्वाडले उनीहरुलाई त्यस्तो प्रतिस्पर्धाको लागि तयार पार्छ ।

साथै, नेपालका राम्रा कम्पनीहरु छुट्याउनु र उनीहरुको पहिचान गर्नु पनि यो अर्वाडको मुख्य उद्देश्य हो । राम्रा कम्पनी भन्नाले राम्रो नाफा कमाएका र दिगो कम्पनीहरु भनेर हामी बुझ्छौं ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स