विजुली बिक्री आय घटे पनि अन्य आम्दानीको स्रोत बढ्दा अरुण भ्यालीको नाफा ५० प्रतिशतले बढ्यो



काठमाडौ । विजुली बिक्री गरेर हुँने आम्दानी घटेपनि अन्य आम्दानीको स्रोत बढ्दा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको नाफा ५० प्रतिशत बढेको छ ।

अरुण भ्यालीले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ९५ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ५ करोड ९३ लाख रहेको थियो ।

अरुण भ्यालीले विजुली बिक्रीबाट ५ करोड १६ लाख कमाएको छ । अघिल्लो वर्ष विजुली बिक्रीबाट कम्पनीले ६ करोड ६१ लाख कमाएको थियो ।

विजुली बिक्रीको आम्दानी घटेपनि अन्य आम्दानी भने कम्पनीको ह्वातै बढेको छ । २ करोड ५७ लाख अन्य आम्दानीबाट कमाएको कम्पनीले असार मसान्तसम्ममा ७ करोड ५८ लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५६ पैसा रहेको छ ।


क्लिकमान्डु