कृषियोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध, भूमि खण्डीकरण रोक्ने लक्ष्य



काठमाडौं । सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो ।

मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।

पारिवारिक अंशबन्डा हुँदा भने यसरी कृषियोग्य जमिनलाई कित्ताकाट गर्न पाइने छ । यो निर्देशिक जारी हुनुभन्दा अगाडि पल्टिङको लागि अनुमति लिएको र ५० प्रतिशत जमिन बिक्री भएकोमा प्लटिङको लागि बाधा नहुँने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कृषियोग्य जमिनको व्याख्या जग्गा नामजाँच ऐन २०१९ बमोजिम पुनः नामजाँच भएको क्षेत्र जग्गा नामजाँच नियमावली २०५८ को नियम २० अनुसार कृषि क्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नामजाँच हुन बाँकी रहेको क्षेत्रमा साविकमा नामजाँच हुँदा फिल्डबुक तथा श्रेस्ता पुर्जामा धनहरतर्फ अब्बल,दोयम सिम र भिरपाखो तर्फ अब्बल र दोयम कायम रहेको जग्गा सम्झनुपर्ने जनाएको छ ।

भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देउकोटाले देशको भूमिलाई खन्डिकरण रोक्नको लागि कृषियोग्य जमिनको प्लटिङको काम रोकिएको बताए ।

अहिले जुन स्थानको जग्गापनि प्लटिङ गर्न पाउने व्यवस्था छ । जसले गर्दा कृषियोग्य जमिन खण्डकरण भएको छ । कृषि उत्पादन घट्दै गएको छ । नेपालमा पनि भूमिलाई प्रयोगको आधारले विभाजन गर्ने माग उठेपनि त्यो पुरा हुन सकेको छैन ।

 

 


क्लिकमान्डु