नेपाली बजारमा आयो टिभिएसको ‘स्ट्राईकर १२५’ बाइक, के के छन् विषेशता ?



काठमाडौं । टिभिएस बाइकको नेपालको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले टिभिएस ‘स्ट्राईकर १२५’ मोटरसाइकल बजारमा ल्याएको छ।

टिभिएस स्ट्राईकरका ब्राण्ड एम्बेसडर नायक निखिल उप्रेतीले बिहीबार मोटरसाइकल सार्वजनिक गरे।

नयाँ टिभिएस स्ट्राईकर बंगलादेशमा परीक्षणपछि नेपाल ल्याएको जगदम्बा मोर्टसका उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए। यो भारतमा पनि लन्च भएको छैन ।

१२५ सिसि इन्जिन क्षमताको यो मोटरसाइकलको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ छ। टिभिएस स्ट्राईकर मोटरसाइकल तीन रङः क्रिमसन ह्वाइट, भोल्क्यानो रेड र मेटालिक ब्लु (सेतो, रातो र निलो) मा उपलब्ध छ।

त्यसैगरी, १४.५ लिटर क्षमता भएको इन्धन ट्यांकी छ। ट्युवलेस टायर, पूर्णडिजिटल स्पिडोमिटर र पछाडि एलइडि बत्ति छ।

त्यस्तै, अधिक ८.१ केडब्लु शक्ति र १०.८ एनएम टर्क उत्सर्जन गर्छ। यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन छ। अगाडिको चक्कामा डिक्स र पछाडि ड्रम ब्रेक छ।


पुष्प दुलाल