सिनर्जीको वित्तीय अवस्था सुधार,२८ करोड ऋण उठाउँदा १८ करोड नाफा



काठमाडौं । सिनर्जी फाइनान्सले आफ्नो वित्तीय विवरण सुधार गरेको छ । अघिल्लो वर्ष नउठेको २८ करोड रुपैयाँ ऋण उठाउँदा फाइनान्सले १८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

सिनर्जीले ब्याज आम्दानीबाट १२ करोड ३४ लाख कमाएको छ । ४७ करोड ४४ लाख चुक्ता पुँजी भएको सिनर्जीको ५ करोड २४ लाख रुपैयाँ रिजर्ब नेगेटिव रहेको छ । अघिल्लो वर्ष २३ करोड ३५ लाख रुपैयाँ फाइनान्सको नेगेटिव रिजर्ब रहेको थियो ।

सिनर्जीसँग अहिले फाइनान्सको १ अर्ब ८६ करोड निक्षेप रहेको छ भने कर्जा प्रवाह १ अर्ब ६७ करोड रहेको छ ।

यस्तै गर्दा रिलायन्स फाइनान्सले १० करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

५१ करोड चुक्ता पुँजी रहेको रिलायन्सले ३ अर्ब २३ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह २ अर्ब ६५ करोड गरेको छ ।

 


क्लिकमान्डु