बैंक अफ काठमाण्डूले कमायो १ अर्ब २३ करोड



काठमाडौं । बैंक अफ काठमाण्ठूले १ अर्ब २३ करोड रुपैयाँ खुदनाफा कमाएको छ। बैंकले गत आर्थिक बर्षको तुलना ८९ प्रतिशतले नाफा बढाएको हो।

आर्थिक बर्ष २०७२/०७३मा ६५ करोड ५२ लाख रुपैयाँ नाफा गरेको बैंकले आर्थिक बर्ष २०७३/०७४मा १ अर्ब २३ करोड रुपैयाँ कमाएको हो ।

असार मसान्तसम्ममा बैंकले ७२ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलनगरी ६२ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अबधीमा बैंकले १७ करोड खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको खराब कर्जा २.५१ प्रतिशतबाट १.४६ प्रतिशतमा झरेको छ भने, प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु