अर्बपति व्यवसायी सिंघानिया जसलाई ७८ वर्षको उमेरमा छोराले सडकमा छाडिदिए




बागवान फिल्म हेर्नु भएको छ ।

बलिउडका सुपरस्टार अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्ममा चार छोराले आमाबुवालाई गर्न नसकेको सम्मान राम्रोसँग राख्न नसकेपछि मुख्य कलाकारको रुपमा बच्चन छोरासँग बस्न सक्दैनन् ।

पुरा फिल्मको कथा यहाँ भन्न सम्भवपनि छैन । अति आधुनिक भनिएको अहिलेको युगमा धेरै करोडपतिका बाबुआमा बृद्ध आश्रममा शरण लिएको हामीले सुन्दै र देख्दै आएको हो ।

बागवानको मुख्य पात्रको अवस्थामा भारतीय व्यवसायी विजयपत सिंहानिया भएका छन् । बागवानमा अभिताभलाई सहयोग गर्न उनले धर्मपुत्र बनाएका छोरा सलमान खान आइपुग्छन् ।

सिंघानिया अहिले मुम्बईको सामान्य घरमा बसिरहेका छन् र कुनैबेलाका अर्बपति व्यवसायीसँग अहिले घरभाडा तिर्न सक्ने पैसापनि छैन

तर, कपडा उद्योगको सफल ब्राण्ड रेमन्ड कम्पनीका मालिक विजयपत सिंहानियासँग अहिले गाडीपनि छैन र उनी भाडाको घरमा बस्छन् । उनलाई सहयोग गर्न आउने कुनै धर्मपुत्र पनि छैन ।

७८ वर्षको बृद्ध उमेरमा सिंहानिया आफ्ना छोरा गौतम सिंहानिया विरुद्ध मुम्बई उच्च अदालतमा मुद्धा दायर गरेका छन् । बाबु विजयपत सिंहानियाले छोरा गौतमलाई रेमन्डको सबै सेयर हस्तान्तरण गरेपछि छोराले बाबुलाई सडकमा पुर्यादिएका हुन् ।

मुम्बईमा मुकेश अम्बानीको घर निकै चर्चित छ । यस्तै अम्बानी घर भएको क्षेत्रमा विजयपत सिंहानियाले ३६ तलाको घर निर्माण गरेका थिए । ३६ तलाको घरमा अहिले बाबु विजयपतलाई बस्ने स्थान छैन ।

जसले गर्दा उनी मुम्बईको सामान्य घरमा बसिरहेका छन् । कुनैबेलाका अर्बपति व्यवसायी विजयपतसँग अब घरभाडा तिर्न सक्ने पैसापनि छैन ।

छोरा गौतमले आफु बस्न पाउनुपर्ने निवासमा बस्न नदिएको लगायतका विषयमा माग राख्दै विजयपतले दायर गरेको मुद्दाको सुनुवाई गर्दै आपसी सहमतिमा विवाद सल्टाउन आदेश दिएको छ ।

भारतीय फेशन उद्योगमा रेमेन्ड कम्पनी अग्रस्थानमा आउँछ । विजयपत सिंहानिया कुनैबेला भारतका चर्चित व्यवसायी थिए ।

अमेरिकाबाट भारतसम्म सिधा चाटर्ड फ्लाइटमा आउन सक्ने हैसियत बनाएका व्यक्ति छोराको कारण रोडमा पुगेको विषय पछिल्लो साता भारतीय संचारमाध्यमको लागि चर्चित बनेको छ ।

भारतीय संचारमाध्यमका अनुसार विजयपतले छोरा गौतमलाई १ हजार करोड भारतीय रुपैयाँ बराबरको सेयर उनको नाममा गरिदिएका थिए ।

सेयर नामसारी गरिदिएपछि छोराले बाबुलाई छाडिदिए । उनको गाडीपनि खोसे ।

विजयपत सिंघानिया प्रयोग गर्न पाउनुपर्ने माग राखेको दायर गरेको घर सन् १९६० मा निर्माण गरिएको थियो । त्यो त्यतीबेला १४ तलाको थियो ।

पछि यसलाई रेमन्ड कम्पनीको सहायक कम्पनीको स्वामित्वमा परितर्वन गरिएको थियो । सन् २००७ मा कम्पनीले त्यहाँ नयाँ भवन निर्माण गरेको थियो ।

सिंघानिया परिवारको पारिवारिक सम्झौता अनुसार ३६ तलाको घर विजयपत,उनका छोरा गौतम,विजयका भाई अजयपतकी श्रीमती विनादेवी र उनका छोई छोरा अनन्त र अक्षयतपले नयाँ बन्ने भवनको ५ हजार १८५ बर्ग फिट पाउनुपर्ने थियो ।

सम्झौता अनुसार गौतमले हिस्सा नदिएपछि विनादेवी र अनन्तले तथा अक्षयपतले पनि मुद्दा दायर गरेका छन् ।

विश्वमा फेशन उद्योगको लागि नाम चलेको रेमन्डको नाम सन् १९२५ राखिएको थियो ।

यसको पहिलो रिटेल सोरुम सन् १९५८ मा मुम्बईमा खुलेको थियो ।

विजयपतले यसको कम्पनीको नेतृत्व सन् १९८० मा गरेका थिए । रेमेन्डको वार्षिक आम्दानी ८ सय ५० मेलियन अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु