बिराटनगरमा पैदलै हिँडेर आपूर्ति मन्त्री बाढीपिडीतको राहत र उद्धारमा



बिराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङ्गको बाढी प्रभावित ठाउँहरुमा निरीक्षण र उद्धार तथा राहतमा खटिएका छन् ।

अविरल वर्षाका कारण मोरङ्गका विभिन्न स्थानहरु डुवान भएको खवरपछि शनिवार नै आकस्मिक रुपमा गाडीबाट विराटनगर गएका मन्त्री मण्डल आईतबार बिहानैदेखि निरीक्षणमा खटिएका हुन् ।

शनिबार रातीदेखि नै स्थानीय राजनीतिक दलहरु, प्रशासन, प्रहरी लगायतसंग छलफल गरेका मन्त्री मण्डल बिहानैदेखि डुवान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका हुन् ।

बिहानैदेखि, रंगेली, कर्सिया, बलासा लगायतका क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको मन्त्रीका स्वकिय सचिव दिपेन्द्र ओडारीले बताए ।

‘जगमग्न भएका स्थानहरुको अवस्थाबारे निरीक्षण गर्नुका साथै राहत र उद्धारको लागि स्थानीय निकायलाई निर्देशन दिईरहनुभएको छ,’ ओडारीले भने ‘कतिपय स्थानमा मोटरबाटो पनि नभएकोले पैदलै हिँडेर निरीक्षण चलिहरहेको छ ।’

उक्त क्षेत्रमा टेलिफोनको नेटवर्क नै नभएको कारण सञ्चार सम्पर्क गरी उद्धार र राहतका लागि समस्या भएको छ ।

उक्त क्षेत्रमा जनतालाई तत्काल उद्धार गर्न, प्रभावित क्षेत्रमा औषधी, लत्ताकपडा र खाद्यान्न लगायतका सामग्रीको अभाव हुन नदिनका लागि मन्त्री आफैले स्थानीय निकायसंग छलफलमा जुट्नुभएको छ ।


पुष्प दुलाल