भारतबाट १६१ बस्तु डलर तिरेर पनि ल्याउन पाइने



काठमाडौं । नेपाली आयातकर्ताले भारतबाट विभिन्न १६१ प्रकारका बस्तुहरु परिवत्र्य बिदेशी मुद्रा (अमेरिकी डलर) मा पनि आयात गर्न पाउने भएका छन् ।

तर, यसरी डलरमा आयात गर्ने आयातकर्ताले भारतबाट निकासी हुने बस्तुमा भारतको वस्तु तथा सेवा कर (जिएसटी) छुट भएका प्रमाण भने पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकिकृत परिपत्र जारी गर्दै यस्तो ब्यवस्था गरेको हो । यसअघि भारतले उसको निर्यातमा कर छुट गरेका विभिन्न १६१ बस्तुहरु नेपालले आयात गर्दा डलरमा भुक्तानी गर्न पाइने ब्यवस्था थियो ।

पूरानाे ब्यवस्था

सन् २०१७ को जुलाईदेखि भारतले जिएसटी लागू गरेको थियो । तर, निर्यातमा भने जिएसटी नलाग्ने ब्यवस्था गरिएको थियो । नेपालले भारतबाट आयात गर्ने बस्तुहरु भारतले जिएसटी लागू नगर्ने भनेर ब्यवस्था गरेका बस्तुहरु हुन् । यस्तै बस्तुको आयातमा अमेरिकी डलरमा भुक्तानी गर्न पाइने तर त्यसको लागि जिएसटी नलाग्ने प्रमाणपत्र भने पेश गर्न भनिएको छ ।

नयाँ ब्यवस्था

भारतले जिएसटी लागू गरेपछि सोही अनुसारको ब्यवस्था कार्यान्वयनको लागि नयाँ नियम लागू गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख रमेश कुमार पोखरेलले जानकारी दिए ।


क्लिकमान्डु