बाढीबाट अहिलेसम्म ४७ जनाको मृत्यु, ३६ जना वेपत्ता



काठमाडौं । तराई मधेशमा लगातार परेको पानीको कारण आएको बाढीले अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ ।

वेपत्ता हुने संख्या ३६ पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने देखिएको छ ।

बाढीबाट अहिलेसम्म ३ हजार ५ सय ६१ परिवार विस्थापिथ भएका छन् । २३ जिल्ला बाढीबाट प्रभावित भएका छन् ।

गृहमन्त्रालयका अनुसार सबैभन्दा बढी मृत्यु बाढीबाट रौतहट जिल्लामा भएको छ । रौतहटमा बाढीको कारण ८ जनाले ज्यान गुमाउनु परेको छ । १० जना वेपत्ता र २ जना घाइते रहेका छन् ।

यस्तै सुनसरीमा ८ जनाको मृत्यु ,५ जना वेपत्ता र ३ जना घाइते भएका छन् । मोरङमा

५ जनाको मृत्यु भएको छ । १२ सय परिवार विस्थापित भएका छन् ।

सिन्धुलीमा ४, बाँकेमा ३, सर्लाहीमा २, बारा, धनुषा,बर्दिया, पाँचथर, पाल्पा, कपिलबस्तु र चितवनमा एकएकजनाको मृत्यु भएको छ । त्यसैगरी झापा ३ मृत्यु ३ बेपत्ता तथा मकवानपुर २ मृत्यु ८ वेपत्ता भएका छन् । दाङ र सुर्खेतमा २÷३ जनाको मृत्यु भएको छ ।

बाढीबाट मोरङमा १२ सय, नवलपरासीमा १२०, धनुषामा २०, बर्दिया १३६, सप्तरीमा ३००,झापा १२०० सय पर्सा ३ रौतहट ९५, दाङ ४५२, र धादिङ ३४ घरपरिवार विस्थापित बनेका छन् ।


क्लिकमान्डु