बाढी पीडितको सहयोगको लागि कांग्रेसका सांसद्ले एक महिनाको तलब दिने



काठमाडौं । बाढी पीडितको सहयोगको लागि नेपाली कांग्रेसका सांसद्ले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री श्री शेबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पीडितको सहयोगको लागि सांसद्ले एक महिनाको तलब दिने निर्णय गरेको हो ।

कांग्रेसको बैठकले बाढीबाट मृत्यु हुर्ने श्रद्धान्जली दिदै उद्धार राहतमा जुट्न कार्यकर्तालाई आह्वान गरेको छ ।

कांग्रेसले बाढी पहिरोबाट पीडितहरुलाई राहत र सहयोग उपलब्ध गराउन आर्थिक सहयोग जुटाउनका लागि पार्टीको नेपाल बैंकको  कुपण्डोल शाखामा रहेको नेपाली कांग्रेस वाढी पीडित सहयोग कोषको खाता नं. ०१३५—११—००१००७५ संचालनमा ल्याइएको  जनाएको छ ।

यथासक्य रकम जम्मा गर्न उद्योगपति, व्यापारी, वुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, शिक्षक, कर्मचारी, कानून व्यवसायी, विभिन्न पेशा तथा व्यवसायी लगायत पार्टीका कार्यकर्ता, विदेश स्थित नेपाली जनसम्पर्क समिति, पार्टीका समर्थक र शुभेच्छुकहरु सबैलाई हार्दिक आह्वान गरेको छ ।

 


क्लिकमान्डु