४ अर्ब चुक्ता पुँजी भएको स्टाण्डर्ड चार्टर्डले कमायो १ अर्ब ३८ करोड



काठमाडौं । ४ अर्ब चुक्ता पुँजी भएको स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो वर्ष १ अर्ब २९ करोड रुपैयाँ स्टाण्डर्ड चार्टर्ड बैंकले खुद मुनाफा गरेको थियो । राष्ट्र बैंकको नियम अनुसार गत वर्ष कमाएको नाफाबाट बोनस सेयर दिएर ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्छ । स्टाण्डर्ड चार्टर्डको चुक्ता पुँजी पुर्याउन ४ अर्ब अपुग रहेको छ ।

बैंकको रिजर्बमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । पुँजी बढाउनको लागि बैंकले गत वर्ष एफपिओ जारी गरेको थियो । एक वर्षको अवधीमा रिजर्ब ४ अर्ब रुपैयाँले बढेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार स्टाण्डर्ड चार्टर्ड बैंकले ब्याज आम्दानीबाट २ अर्ब १९ करोड कमाएको छ । अघिल्लो वर्ष यस्तो ब्याज आम्दानीबाट १ अर्ब ८४ करोड कमाएको थियो ।

बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ५० पैसा रहेको छ । अघिल्लो वर्ष भने प्रति सेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा रहेको थियो । बैंकको रिर्टन अन इक्युटी ११ प्रतिशत रहेको छ ।
६३ करोड चुक्ता निक्षेप रहेको स्टाण्डर्ड चार्टर्ड बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु