युरो ६ मापदण्डमा होण्डा ज्याजको नयाँ भर्सन आउँदै




काठमाडौं । जापानी ब्रान्ड होण्डाले आगामी सेप्टेम्बरमा हुने जर्मनी अटो शोमा नयाँ मोडलको ज्याज सार्वजनिक गर्ने भएको छ । जर्मनमा आगामी सेप्टेम्बर १४ देखि हुने अटो शो उक्त गाडी सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ ।

नयाँ डिजाइन तथा लुक्समा तयार भएको उक्त गाडी विश्वभर एकैसाथ बिक्री हुने होन्डा कम्पनीले जनाएको छ । पेट्रोल इन्जिन रहेको उक्त गाडी युरो-६ मापदन्डको रहेको छ ।

प्रति लिटर पेट्रोलमा २२.२ किलोमिटर माइलेज दिने दावी गरिएको गाडी अटोमेटिक ट्रान्समिसनको व्यवस्था रहेको छ । गाडीमा लिड हेडलाइट प्रयोग गरिएको ज्याजमा अटोमेटिक हेडलाइट, सिटी ब्रेक राखिएकोले अत्यन्तै सुरक्षित मानिएको छ ।

रियर भ्यु पार्किङ क्यामेरा, साँचो रहित स्टार्ट हुने तथा ढोका खुल्ने सुविधा गाडीमा राखिएको छ । गाडीमा सवै प्रकारको एड्भान्स सेफ्टी इक्युपमेन्ट जडना गरिएको छ ।

गाडीमा ट्राफिक संकेत भित्रै देखाउने व्यवस्था समेत राखिएको छ । होण्डाको ज्याजको प्रतिस्प्रर्धी गाडीको रुपमा मारुती सुजुकीको बोलेनो, हुन्डाईको आई-२० र फक्सवागेनको पोलो गाडीलाई कम्पनीले लिएको छ । गाडीको १४ हजार देखि १७ हजार पाउन्ड सम्म तोकिएको छ ।


क्लिकमान्डु