तराईको बाढीले नेप्सेमा पहिरो, परिसुचक करिब १३ अंकले घट्यो




काठमाडौं । देशका बिभिन्न ठाउँमा भारी बर्षासँगै आएको बाढिपहिरोले जनधनको ठूलो क्षती भएको छ । यसको प्रभाव पनि नेप्सेमा देखिन थालेको छ ।

बिगत केही हप्तादेखि बिस्तारै गति लिन थालेको नेप्से पछिल्ला केही दिनमा घट्नुका साथै कारोबार रकममा पनि कमी आएको छ ।

मंगलबार नेप्से १२.९७ अंकले घटेर १६२९.१६ अंकमा आइपुगेको छ । १६० कम्पनीको १६ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा सो दिन कारोबार रकम ७८ करोड ३६ लाख रुपैंयाँमा खुम्चिएको छ ।

उपसूचकहरुमा होटल समुह ३.२ अंकले बढेको छ । बाँकी सबै उपसूचकहरु घटेका छन् । बैंकिङ १०.८६, बिकास बैंक १३.७४, जलबिद्युत २४.४९, बित्त ३.९६, बीमा ८८.७६, उत्पादन २८.३४ र अन्य समुहका उपसुचक ५.७९ अंकले घटेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार मंगलबार सबैभन्दा बढी नेशनल हाइड्रोको ४ करोड ५४ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सको प्रमोटर सेयरको ३ करोड ८४ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ५६ लाख र नेपाल लाइफको ३ करोड ४३ लाख रुपैंयाँको सेयर कारोबार भएको छ ।

मंगलबार २ वटा कम्पनीका लगानीकर्ताले मात्र १० प्रतिशतले कमाएका छन् । महालक्ष्मी बिकास बैंक र वल्र्ड मर्चेन्टका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।

सबैभन्दा बढि गुमाउनेमा भने हिमालयन डिस्टिलरी र छ्याङ्ग्दी हाइड्रोका लगानीकर्ता छन् । उनीहरुले क्रमशः ९.५ र ९.०५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु