ईन्टरनेशनल एजुकेुसन फेयर हुने



काठमाडौं । शैक्षिक परामर्षदाताकम्पनी सम्वद्ध संगठनहरु ( आईरिन) नेपलिज एशोसियन अफ अष्टेलियन एजुकेशन रिप्रिजेन्टिभ(नाइर) को आयोजनामा इन्टरनेशनल एजुकेशन फेयर हुने भएको छ ।

फेयर,श्रावण ३२ गते बुधबारबाट भदौ १ गते बिहिबारसम्म २ दिनसञ्चालन हुने आयोजकहरुले जनाएका छन् । होटल अन्नपुर्ण काठमाण्डौंमा हुने फेयरमा अष्ट्रेलिया, अमेरिका, न्युजील्याण्ड, युरोप र भारत लगायत देश सम्वद्ध विश्वविद्यालय तथा क्याम्पसहरुका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।

फेयरमा कलेज र युनिभर्सिटीका रिजनलम्यानेजर, विद्यार्थी,म्यानेजर लगायत उच्चपदस्त कर्मचारीहरुको उपस्थित रहने हुँदा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु सम्वन्धित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुलाई राख्न पाउनेछन् ।

त्यसैगरी प्लस २ पश्चात उच्च शिक्षा अध्ययनका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको छात्रवृत्ति सम्वन्धी चासो र जिज्ञासालाई सम्वोधन गर्न विशेष ब्यवस्था गरिएको आईरिनका अध्यक्ष प्रेम पाण्डेले बताए ।


क्लिकमान्डु