नसोचेको वित्तीय विवरण आएपछि हिमालयन डिस्टिलरीको सेयर मुल्य घट्यो



काठमाडौं । विगत एक महिनादेखि अप्रत्यासित रुपमा बढेको हिमालयन डिस्टिलरीको सेयर मुल्य मंगलबार घटेको छ ।

सोमबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा अघिल्लो वर्षको भन्दा अप्रत्यासित रुपमा घटेको थियो ।

सोमबार बिदाको कारण सेयर बजार बन्द थियो । मंगलबार हिमालयन डिस्टिलरीको सेयर मुल्य प्रतिकित्ता १९५ रुपैयाँले घटेर १८ सय ५५ मा झरेको छ ।

एक महिना अगाडि ८ सयमा पाइने हिमालयन डिस्टिलरीको सेयर २ हजार ५० सम्म पुगेको थियो । तर,वित्तीय विवरण आउँदा भने नाफा अघिल्लो वर्षको भन्दा अत्याधिक घटेको थियो ।

 


क्लिकमान्डु